|

काठमाडौं : संवैधानिक कानुनका जानकार गेजा शर्मा वाग्लेले राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । 

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि वाग्लेको यस्तो धारणा आएको हो।

‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ। यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो।’  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संविधानको संरक्षण र सफल कार्यान्वनका लागि ऐतिहासिक २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धीका पक्षधर सम्पूर्ण गणतन्त्रवादी, लोकतन्त्रवादी, संविधानवादी, प्रगतिशील र अग्रगामी राजनीतिक दल, नागरिक समाज, वौद्धिक समुदाय र सार्वभौम नागरिकहरू एकजुट हुनु अपरिहार्य छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.