‘मैले अध्यादेश ल्याएपछि ५/६ हजारले नागरिकता पाइसकेका थिए’

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा सत्ता गठबन्धनकै नेताहरुले अड्को थापेको आरोप लगाएका छन्। 

सरकारले दुईपटक संसदको दुवै सदनबाट बहुमतले पारित गराएर पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर रोकेको बेलामा ओलीले गठबन्धनतर्फ आरोप लगाएका हुन्। 

धनुषाको तिनकोरियामा एमालेद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी कसैको कार्यक्रममा विरोध गर्दैनौँ। हामी लोकतान्त्रिक पद्धतिमा विश्वास गछौँ। हाम्रो तर्फबाट असहयोग हुँदैन। कमजोर तत्वहरू जनतामा भ्रम छर्न खोज्छन्। नागरिकताको समस्या समाधान गर्न मैले एन अगाडि सारे। तर, अर्को पार्टीको सभापतिहरूले रोके।’

आफू प्रधानमन्त्री भएको बेलामा संविधानअनुसार अध्यादेश ल्याएर नागरिकतासम्बन्धी विधेयक जारी गराएको बताए। अध्यादेश जारी भएपछि जन्मसिद्धको नागरिकका छोराछोरीलाई नागरिकता दिने प्रक्रिया सुरु गरेपछि गठबन्धनले मुद्दा हालेर रोकेको बताए। 

उनले भने, ‘राईमा नागरिकताको ठुलो समस्या छ। ५-६ लाखले नागरिकता पाउनुपर्ने छ। तर, उनीहरुले पाइरहेका छैनन्। जन्मसिद्धको नागरिकता सन्तानले नागरिकता पाउनुपर्छ। संविधानले त्यो कुरा प्रष्ट भनेको छ। तर, कानुन ल्याउन दिएनन्।’

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेका बेला ल्याएको अध्यादेशपछि जन्मसिद्धका आधारमा ५/६ हजारभन्दा धेरैले नागरिकता पाएको दाबी गरे। तर, गठबन्धनकै नेताहरूले मुद्दा हालेर रोकेको पटकपटक दोहोर्‍याए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.