|

काठमाडौं : नेपाली बजारमा  सुनको भाउ ह्वात्तै घटेको छ। 

शुक्रबार तोलामा एक सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ९३ हजार १ सय र तेजावी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.