|

काठमाडौं : नेवारी समूदायको आस्थामाथि ठेस पुर्याएको आरोपमा पक्राउ परेका स्ट्याण्ड अप कमेडियन अपूर्व क्षितिज सिंहले सबै नेपालीको वाक स्वतन्त्रताको लागि यो केस जित्नुपर्ने बताएका छन्।

बिहिबार साँझ साढे २ लाख धरौटीमा छुटेकाअपूर्वले आफ्नो सामाजिक सञ्जाल मार्फत सो कुरा उनले बताएका हुन्। 

नेपालमा कमेडीयनको एउटा प्रस्तुतिकै आधारमा जेल परेको पहिलो घटना भएको भन्दै यो केसको गम्भिरता सबैले बुझ्न आवश्यक रहेको उनले बताएका छन्। उनले लेखेका छन्, 'यो केस हारियो भने जसले जसलाई पनि मुद्दा हाल्न पाउँछ, कसैले केही बोल्न पाउँदैन। यो मेरो मात्रै केस होइन सबै नेपालीको फ्रिडम अफ स्पिचको लागि हो।'

साथै मानिसहरू देश छोडेर विदेश किन जान्छन् भन्ने कुरा बल्ल बुझेको तर आफू यहीँ बस्ने र कुनै हालतमा यो केस जित्ने उनले जिकिर गरेका छन्। साथै आफू जेलमा रहँदा आफ्नो हिम्मत बनेर साथ र सहयोग गरेका साथी तथा आफन्तलाई धन्यवाद पनि दिएका छन्।  बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.