|

काठमाडौं : प्रहरीले लजको कोठाभित्र गोप्य रुपमा भिडियो रेकर्ड गर्ने एक पुरुषलाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर ४२ वर्षका मुकेश माली पक्राउ परेका हुन्। उनले लजमा बस्न आउने ग्राहकहरूको अश्लिल भिडियो गोप्य रुपमा रेकर्ड गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनको साथमा रहेको मोबाइल जाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिका रेकर्डेड भिडियो फेला परेको काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।

उनका अनुसार चन्द्रागिरी नगरपालिका-१५ घर भएका मालीको साथबाट आइफोन १२ प्रो म्याक्स एक थान बरामद गरिएको छ।

कात्तिक २ गते पक्राउ परेका मालीलाई सार्वजनिक हित‚ स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दा चलेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 बाँसबारी रेष्ट्रो‚ क्याफे एन्ड लजका म्यानेजर मुकेश मालीले ग्राहक बस्ने कोठाको भित्तामा लुकाएको क्यामेरा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.