|

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गरेका छन्। आइतवार थापाथली पुगी प्रधानमन्त्री देउवाले पूजा आराधना गरेका हुन्।

सोही अवसरमा सर्वसाधारणले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेका छन्।

छठ पर्वका लागि थापाथलीस्थित वागमती नदी किनार झकिझकाउ पारिएको छ। आज छठको मुख्य दिन देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै छ।

सर्वसाधारणले छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका हुन्। देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन काठमाडौं लगायत देशका अन्य स्थानमा छठघाट पनि सजाइएको थियो।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ। आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु सोमवार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्।

बिहान उदाउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.