|

संखुवासभा : संखुवासभाको खाँदबारी नपा १, डडाँरेमा एक घर जलेर नष्ट भएको छ। आगलागीबाट डडाँरेका भविन कोइरालाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु अधिकारी खड्काले बताए। शुक्रबार राति भएको आगलागीबाट कोइरालाको घरमा रहेको सम्पूर्र्ण सामग्री जलेर नष्ट भएको  प्रहरी निरीक्षक खड्काले बताए।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना र नगद जलेर नष्ट भएको पीडित कोइरालाले बताए। कोइरालाले सहयोगका लागि विभिन्न संघ संस्था र सरोकारवालासँग अनुरोध समेत गरेका छन्। खाँदबारी नपाका दुईवटा दमकल, स्थानीय, नगरप्रहरी र नेपाल प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। आगो लाग्नुको कारण भने खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.