|

काठमाडौं : विमानको ककपिटमा अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएपछि वरिष्ठ पाइलट विजय लामा कारबाहीमा परेका छन्।

क्याप्टेन लामाले अनुमति नलिइ एभिएसन भ्लगर साम चुईलाई दुबई–काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै अन्तर्वार्ता दिएका थिए।

नागरिक उड्डयन प्राधिकरणले उनलाई आइतबारदेखि ग्राउन्डेड गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा कारण स्पष्ट पारेर मात्रै पाइलटले  फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्ने व्यवस्था रहेको छ।

छानबिन प्रतिवेदन नआएसम्म उनलाई उडानमा रोक लगाइएको प्रवक्ता निरौलाले बताए।

एभियसन भ्लगर साम चुईले दुबईबाट काठमाडौं आउने क्रममा विमान चालक विजय लामाका साथै कोपाइलट र विमान परिचारिकाहरुसँग पनि कुराकानी गरेका थिए । नेपाल एयरलाइन्सको ए ३३० विमानबाट लिएका दृश्य तथा भिडियो पनि उनले सार्वजनिक गरेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.