आयोग भन्छ : राम्रोसँग तयारी नै गरेनन्

|

काठमाडौं : माध्यमिक तह तृतीय श्रेणीको नतिजाले शिक्षक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने देखिएको छ।

शिक्षक सेवा आयोगले प्रकाशित गरेको नतिजाले यहाँको शिक्षा क्षेत्रको पढाइ र शिक्षक पेशाप्रतिको आकर्षणमै प्रश्न उठेको छ।

आयोगले माध्यमिक तह तृतीय श्रेणीको खुलामा १ हजार ५५२ पदका लागि विज्ञापन गरेकोमा १ हजार १८२ जना मात्र शिक्षक सिफारिश भएका छन्।

आवश्यकताअनुसार ३७० जना शिक्षकमा सिफारिश हुन सकेनन्। शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार ३ हजार ७७४ जना परीक्षार्थीले आयोगको जाँच दिएका थिए।

धेरै कमजोर मधेश प्रदेशमा

आयोगले प्रकाशित गरेको विषयगत र प्रदेशगत नतिजा हेर्ने हो भने धेरै कमजोर परीक्षार्थी मधेश प्रदेशमा देखिएको छ।

मधेश प्रदेशमा नेपाली विषयका लागि ३२ जना शिक्षकको माग भएकोमा १९ जनामात्र सिफारिश भएका छन्। अंग्रेजी विषयको लागि २२ जना शिक्षकको मागमा २१ जनामात्र सिफारिश भएका छन्। गणित विषयमा १७ जनाको माग भएकोमा ४ जनामात्र सिफारिश भएका छन्।

विज्ञान विषयको लागि २२ जनाको माग भएकोमा ६ जनामात्र सिफारिश भएका छन्। सामाजिक विषयको लागि १० जनाको माग थियो। त्यसमा ९ जना सिफारिश भएका छन्। कार्यालय सञ्चालन तथा लेखाको लागि ५ जनाको मागमा २ जनामात्र सिफारिश भएका छन्।

कर्णाली प्रदेश पनि उस्तै

नतिजाअनुसार कर्णाली प्रदेशमा पनि कमजोर नै देखिएको छ। नेपाली विषयको लागि ९ जनाको माग भएकोमा ६ जनामात्र सिफारिश भएका छन्। अंग्रेजी विषयको लागि २० जनाको माग रहेकोमा १३ जना सिफारिश भएका छन्। गणित विषयमा २९ जनाको माग भएकोमा ८ जनामात्र‍ सिफारिश भएका छन्।

विज्ञान विषयको लागि ३५ जनाको माग भएकोमा २२ जना सिफारिश भएका छन्। सामाजिक विषयको लागि १२ मागमा ९ जनामात्र सिफारिश भएका छन्।

प्रदेश १

प्रदेश १ को नेपाली विषयको लागि ६१ जनाको माग भएकोमा ५३ जना सिफारिश भएका छन् भने ​अंग्रेजी विषयको लागि ८० जनाको मागमा ८० जना नै सिफारिश भएका छन्।

गणित विषयमा ७६ जनाको माग भएकोमा २८ जना मात्र सिफारिश भएका छन्। विज्ञान विषयको लागि १२८ जनाको माग भएकोमा १२४ जनामात्र सिफारिश भएका छन्। सामाजिक विषयको लागि ५५ जनाको माग थियो। त्यसमा ५५ जना नै सिफारिश भएका छन्।

अर्थशास्त्र विषयको लागि २ जनाको मागमा १ जना सिफारिश भएका छन्। कार्यालय सञ्चालन तथा लेखाको लागि ६ जनाको मागमा ५ जनामात्र सिफारिश भएका छन्। 

बागमती प्रदेश

बागमती प्रदेशको नतिजाअनुसार नेपाली विषयको लागि ३७ जनाको माग भएकोमा ३० जना सिफारिश भएका छन्। अंग्रेजी विषयको लागि ६६ जनाको मागमा ५९ जना नै सिफारिश भएका छन्। गणित विषयमा ५९ जनाको माग भएकोमा ४४ जनामात्र सिफारिश भएका छन्।

विज्ञान विषयको लागि ९१ जनाको माग भएकोमा ६९ जनामात्र सिफारिश भएका छन्। सामाजिक विषयको लागि ४३ जनाको माग थियो। त्यसमा ३९ जना नै सिफारिश भएका छन्। 

अर्थशास्त्र विषयको लागि ४ जनाको मागमा २ जना सिफारिश भएका छन्। कार्यालय सञ्चालन तथा लेखाको लागि २६ जनाको मागमा २४ जना मात्रै सिफारिश भएका छन्।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको नतिजाअनुसार नेपाली विषयको लागि ५५ जनाको माग भएकोमा ४२ जना सिफारिश भएका छन्। अंग्रेजी विषयको लागि ६१ जनाको मागमा ६० जना नै सिफारिश भएका छन्। गणित विषयमा ५५ जनाको माग भएकोमा ३१ जनामात्र सिफारिश भएका छन्।

विज्ञान विषयको लागि ९८ जनाको माग भएकोमा ८२ जनामात्र सिफारिश भएका छन्। सामाजिक विषयको लागि ३८ जनाको मागमा ३५ जना सिफारिश भएका छन्। 

अर्थशास्त्र विषयको लागि २ जनाको मागमा १ जना सिफारिश भएका छन्। कार्यालय सञ्चालन तथा लेखाको लागि ८ जनाको मागमा ८ जना नै सिफारिश भएका छन्। 

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको नतिजाअनुसार नेपाली विषयको लागि २० जनाको माग भएकोमा १६ जना सिफारिश भएका छन्। अंग्रेजी विषयको लागि ३८ जनाको मागमा ३५ जना सिफारिश भएका छन्।

गणित विषयमा ३७ जनाको माग भएकोमा १४ जनामात्र सिफारिश भएका छन्। विज्ञान विषयको लागि ३३ जनाको माग भएकोमा २६ जनामात्र सिफारिश भएका छन्। सामाजिक विषयको लागि २३ जनाको मागमा २१ जना सिफारिश भएका छन्। 

अर्थशास्त्र विषयको लागि १ जनाको मागमा १ जना नै सिफारिश भएका छन्। कार्यालय सञ्चालन तथा लेखाको लागि ४ जनाको मागमा ४  जना नै सिफारिश भएका छन्।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको नतिजामा नेपाली विषयको लागि १९ जनाको माग भएकोमा १४ जना सिफारिश भएका छन्।

अंग्रेजी विषयको लागि २७ जनाको मागमा २३ जना सिफारिश भएका छन्। गणित विषयमा १६ जनाको माग भएकोमा ९ जनामात्र सिफारिश भएका छन्।

विज्ञान विषयको लागि २९ जनाको माग भएकोमा २० जनामात्र सिफारिश भएका छन्। सामाजिक विषयको लागि २० जनाको माग थियो। त्यसमा १५ जना सिफारिश भएका छन्।

अर्थशास्त्र विषयको लागि १ जनाको मागमा १ जना नै सिफारिश भएका छन्। कार्यालय सञ्चालन तथा लेखाको लागि २ जनाको मागमा १  जना सिफारिश भएको नतिजामा उल्लेख छ।

किन कमजोर भए शिक्षकका आवेदक?

यी तहको मात्र नभई यसअघि आयोगले लिएको विभिन्न विषयको विज्ञापनमा समेत थोरै मात्र आवेदकले आयोगको परीक्षा उत्तीर्ण गरेका छन्।

यसले यहाँको शिक्षक व्यवस्थापनमा ठूलो चुनौती देखाएको छ। परीक्षार्थीहरू भने आयोगको प्रश्नपत्र निर्माणमा त्रुटि देखिने गरेको गुनासो गर्छन्।

तर शिक्षक सेवा आयोगका सूचना अधिकारी मरहठ्ठा भन्छन्, ‘पहिला कतिपय सामान्य परीक्षामै पास भएनन्। एक त टियूले कस्तो जनशक्ति उत्पादन गर्‍याे? भन्ने पाटो छ, अर्कोतर्फ परीक्षार्थीहरूले विषयगतको तथ्यगत रुपले पढ्न सकेनन्, तयारी कम भएको देखिन्छ।’

उनले प्रश्नपत्र निर्माणमा कुनै त्रुटि नभएको दाबी गरे। ‘सिलेबसले जे माग गरेको छ, त्यहीभित्र रहेर प्रश्नपत्र निर्माण र परीक्षा हुन्छ,’ उनले भने।

उनले यो शिक्षक व्यवस्थापनको समस्याबारे नीति अनुसन्धान प्रतिष्ठानलाई अध्ययन गर्न भनिएको जानकारी दिए। ‘हामीले किन यस्तो समस्या देखियो भनेर अध्ययन गर्न भनेका छौँ, हेरौँ अब के नतिजा आउँछ,’ उनले भने। 

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला म शिक्षक बन्छु भनेर इच्छा राखे पनि त्यो व्यक्तिमा शिक्षक बन्ने गुण र क्षमता नभएको बताउँछन्।

‘शिक्षक बन्ने रहर गरे पनि त्यो गुण र दक्षता नभएकै कारण शिक्षकहरू परीक्षामा फेल भएका हुन्,’ उनले भने, ‘कतिपय नीतिगत कुराको पनि धेरै कमजोरी छ। सरकारले यसलाई वेलैमा सुधार गरेर लानु आवश्यक छ।’ 

सिफारिश थोरै भएकाको पुनः विज्ञापन गरिने

शिक्षक सेवा आयोगका सूचना अधिकारी मरहठ्ठाले थोरै सिफारिश भएकाहरूको पुनः सोही समूहगत रुपमा विज्ञापन गर्ने बताए।

‘बाँकी पास नभएका ३७० जना छन्। मानव स्रोत विकास केन्द्रले पठाएकोमा एड गर्छौं। जुन जुन समूहबाट सिफारिश भएका छैनन्, त्यहीअनुसार समेटेर विज्ञापन निकाल्छौँ,’ उनले भने।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.