|

धनगढी : दार्चुलामा सत्तारुढ गठबन्धनका समर्थक र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा गठबन्धन र एमालेका कार्यकर्ताबीच लफडा भएको हो। झडपमा गठबन्धनका कार्यकर्ता घाइते भएको बताइएको छ।

एमालेका कार्यकर्ताको कुटपिटबाट नौगाड गाउँपालिकाका जयभान धामी गम्भीर घाइते भएको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए। धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको उनले बताए।

आक्रमणमा परेका धामी बेहोश रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष समेत हुन्। धामीको टाउकोमा रडले प्रहार गरिएको बताइएको छ।

एमाले दार्चुलाले भने गठबन्धनका कार्यकर्ताले नै विवाद झिकेर झडप भएको दाबी गरेको छ।

दार्चुलामा यसअघि पनि गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको थियो। अस्ति कार्तिक २४ गते अपि हिमाल गाउँपालिका–५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो।

एमाले प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि गठबन्धनका कार्यकर्ताले प्रचारमा अवरोध गरेपछि झडप भएको थियो। उक्त झडपमा एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका-९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपि हिमाल गाउँपालिका-६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.