|

सर्लाही : आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य तर्फ सर्लाही–४ मा  दुई स्वतन्त्र उम्मेदवारको चर्चा चुलिएको छ।

यस क्षेत्रका निवर्तमान सांसद डा. अमरेश कुमार सिंह र सत्ता गठबन्धनबाट बागी उम्मेदवारी दिएकी मधुमाला कुमारी यादव छन्। यादव रातो पासपोर्ट मुद्दा लागेका माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी हुन्।

कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका निवर्तमान सँंसद सिंह र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेन्द्र कुमार रायलाई गठबन्धनबाटै बागी बनेका माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी मधुुमाला र निवर्तमान सँंसद सिंहको कडा प्रतिस्पर्धा देखिन्छन्। यस क्षेत्रमा सिंह र रायको पकड मजवुत हुनुका साथै यी दुई चिर परिचित प्रतिद्वन्द्वी पनि हुन्।

अमरेशले यस पटक पार्टीले टिकट नदिएपनि स्वतन्त्रबाट भएपनि निर्वाचित हुनेमा ढुक्क छन्। उनले दुई कार्यकाल आफ्नो क्षेत्रमा गरेको विकासको चर्चा  मतदाता सामू गरिरहेका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएका सिंह जित तेहेर्‍याउने दाउमा छन्। 

उनी २०७० र ०७४ को चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए । ‘पहिला म चार ताराको झण्डा लिएर चुनावी मैदानमा थिए, यस पटक नेपालको झण्डा बोकेर मैदानमा आएको छु, मेरो जितको आधार नै यही हो,’ उनले भने, ‘जनतालाई विकास चाहिएको छ, जुन मैले गरेर देखाएको छु, भोलिको दिनमा पनि मेरो विकासे कार्यक्रममा कुनै कमी हुँदैन, जनताले आवश्य मुल्याङ्कन गर्नेछन् ।’ उनले भने खासमा मेरो प्रतिस्पर्धी भनेकै मधुमाला हुन्।  
    
यता गठबन्धनको विरुद्धमा माओवादीबाट उम्मेदवार बनेकी मधुमाला पहिलो पटक चुनावमा होमिएकी छन्। उनलाई भने पिता शिवपुजन, भाई जो रामनगर गाउ पालिकाको प्रमुख राजाबावु यादव र उनको आमाले साथ दिइरहेका छन्।  

उनले महिला र युवाले नेतृत्व पाउनु पर्ने भन्दै मतदाता रिझाइ रहेकी छन्। ‘यस क्षेत्रमा महिला र युवाले नेतृत्व सम्हाल्न पाएको छैन, महिला र युवाको साथ मलाई छ,’ उनले भनिन्, ‘यस क्षेत्रमा बुवाको राम्रो होल्ड भएकाले मेरो जित्ने सम्भावना प्रवल छ।’ उनी भन्छिन् मेरो प्रतिस्पर्धी अमरेश सिंहने हो अरु होइन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.