|

काठमाडौं : प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको १५ हजार मतपत्र सहित भारतीय नागरिक पर्साबाट पक्राउ परेका छन्।

भारतबाट नेपाल आउँदै गरेको बी आर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकलमा बोरामा ती मतपत्र ल्याइएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनका अनुसार भारतको बिहार राज्य पश्चिम चम्पारण नरकटिया ग्रामपञ्चायत वडा नम्बर १४ का ४० वर्षीय इजाजत अहमत १५ हजार मतपत्र सहित पक्राउ परेका छन्।

मतपत्रमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिएका दलका चुनाव चिह्न अंकित गरिएको छ भने रातो मसीको विवरण र चुनाव चिह्न भएको मतपत्र रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको मतपत्रको बारेमा प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने डिएसपी गिरीले बताए।

पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडक खण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले नियमित चेक जाँचको क्रममा हिजो साँझ अहमत मतपत्रसहित पक्राउ परेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.