|

दमाैली : तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी ९० वर्षीया जगतमाया न्यौपानेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मतदान गरकी छिन्। उनले ठूलोटारस्थित उदय माध्यमिक विद्यालय मतदान केन्द्र (क) मा मतदान गरेकी हुन्। 

घरदेखि ५०० मिटर दूरीमा अवस्थित न्यौपाने परिवारको साथमा मतदान केन्द्र पुगेकी थिइन्। मतदान गरेपछि न्यौपानेले जनताले आफ्ना जनप्रतिनिधि चयनका लागि मतदान गर्नुपर्ने बताइन्। त्यस्तै ९४ वर्षीय ललितमाया कार्कीले स्याङ्जा क्षेत्र नम्बर १ टक्सारबाट मतदान गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.