|

सर्लाही : जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका नेपाल समाजवादी पार्टीका (नेसपा) का राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले मतदान गरेका छन्।

नेता यादवले बिहानै हरिपुर्वा नगरपालिका–९, रामजानकी मठ मतदान केन्द्रबाट मतदान गरेका हुुन्। यादवले योपटक सत्ता गठबन्धनको उम्मेदवारका रूपमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका छन्।

सर्लाही २ मा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महतो प्रतिस्पर्धामा छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.