|

हेटौंडा : सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–१ को उम्मेदवार नेपाली काँग्रेसको केन्द्रिय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सुरुवाती अग्रता लिएकी छिन।

हेटौंडा–२ स्थित सिद्वार्थ मावीमा जारि मतगणनामा एक हजार तीनसय ३५ मत गन्दा डिनाले सुरुवाती अग्रता लिएकी हुन्। डिनाले ७ सय ८६ मत पाएकी छन्। दोस्रो स्थानमा एमाले उम्मेदवार कमल थापा रहेका छन्। 

उनले तीन सय ४९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका राप्रपाका दिपक बहादुर सिंहले २९ मत पाएका छन्। मकवानपुरमा आइतबार भएको निर्वाचनमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको थियो। तीन लाख ७ सय ३३ मतदाता रहेको मकवानपुरमा एक लाख ७८ हजार मत खसेको थियो। जिल्लामा दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेश सभाको निर्वाचन क्षेत्र रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.