|

रौतहट : रौतहटमा समाचार संकलन गर्न विभिन्न मतगणना स्थलमा पुगेका पत्रकारलाई रौतहट प्रहरीले बाहिर निकालेको छ।

रौतहटका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढा मगरले मतगणनास्थलमा पुगेर समाचार संकलनमा रोक लगाएको आरोप लगाएका छन्। 

रौतहट क्षेत्र ४ को चन्द्रनिगाहपुरस्थित मतगणना स्थलमा अनुगमनका लागि गएका एसपीले पत्रकारलाई प्रवेश नगराउन आदेश दिएपछि सुरक्षाकर्मीले रोकेका हुन्। मतगणना स्थलमा पत्रकारलाई जान नदिइएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताए। 

स्थानीय जनज्योति बहुमुखी क्याम्पसको माथिल्लो तलामा मतगणना भइरहेको छ। मतगणनाको अपडेट लिन पत्रकारलाई प्रहरीले हस्तक्षेप गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.