|

काठमाडौं : चितवन क्षेत्र नम्बर २ बाट पराजित भएका नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार उमेश श्रेष्ठले निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका छन्।

उनले बधाई दिँदै आफूले सक्ने सबै सहयोग सधैं गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,‘म विगत ३२ वर्षदेखि यहाँ बसेको हु,म उन्नती प्रगति विकास खोज्छु,तपाईँहरूले उहाँलाई छान्नु भएको छ,मैले बधाई पनि दिइसके,मैले सक्ने सहयोग र सद्‍भाव सधैं रहने छ।’ 

रविले ४४ हजार ९ सय ३४ मत प्राप्त गरेर निर्वाचित भए भने कांग्रेसका श्रेष्ठले १४ हजार ४ सय ६ मत प्राप्त गरे। एमालेका उम्मेदवार पोखरेलले १४ हजार ५५ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.