|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन्। 

पार्टी फुटेपछि पहिलोपटक प्रचण्डसँग फोन संवाद गरेका ओलीले चुनावमा विजयी भएकामा बधाई दिँदै कम्युनिष्ट आन्दोलन धराशायी भएकोमा चिन्ता व्यक्त गरेको माओवादी उच्च स्रोतले जनाएको छ। 

‘उहाँ (ओली) आफैंले फोन गर्नुभएको थियो। चुनावमा विजयी भएकामा आपसमा बधाई साटासाट भयो’, माओवादी उच्च स्रोतले भन्यो, ‘ओलीजीले चुनावी नतिजालाई लिएर कम्युनिष्ट आन्दोलन धराशायी भयो भनेर चिन्ता व्यक्त गर्नुभयो।’

जवाफमा अध्यक्ष प्रचण्डले ओलीकै कारण यो अवस्था आएको भन्दै नरम शैलीमा असन्तुष्टि व्यक्त गरेको स्रोतको भनाई छ।

‘कम्युनिष्ट आन्दोलन जोगाउनकै लागि त हामीले पार्टी एकता गरेको हो नि ! तर तपाईँले नै अलि महत्वाकांक्ष राख्दा यो अवस्था आयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठीक छ आन्दोलन जोगाउने विषयमा सल्लाह गरौंला।’

कांग्रेस नेतृत्वको गठबन्धनबाट चुनावमा होमिएको नेकपा माओवादी केन्द्रको नतिजा सन्तोषजनक देखिएको छैन। साना दलसँग केही स्थानमा तालमेल गरेर चुनावमा होमिएको एमालेको पनि नतिजा खस्किएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.