|

विराटनगर :  मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन्।

कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन्। उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन्।

को हुन् कोइराला?

२०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध हुँदै  २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा लागेका शेखर कोइराला  यसअघि स्वास्थ्कर्मी हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति समेत भएका कोइरालाले २०६५ को उपनिर्वाचनमा मोरङबाट निर्वाचित हुँदै संसदीय यात्रा तय गरेका थिए ।

दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा मोरङ ६ बाट पुनः निर्वाचित भएका उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने एमालेका लालबाबु पण्डितसँग नै पराजित भएका थिए।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगीको भूमिका निर्वाह गरेका उनले अन्तरिम संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गरेका थिए। संविधान निर्माणमा राज्यको हरेक निकायमा मधेशी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशिताको व्यवस्था राख्न कांग्रेसको ह्विप नमानी उनले संविधानसभामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.