|

काठमाडौं : बाजुराको बुढीनन्दा ५ मा रोकिएको मतदान शनिवार हुँदैछ। मंसिर ४ मा झडप भएर स्थगित भएको मतदान शनिवार हुन लागेको हो।

यता बुथ कब्जा भएको आरोपसहत रोकिएको  दोलखा र स्याङ्जाबारे छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए। त्यहाँ पनि अनुसन्धान गरी मतदान प्रक्रिया अघि बढाउने बताए।

‘मतदान स्थगन भएको बाजुरामा भोलि शनिवार मतदानका लागि प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘मतगणना हुन बाँकी दुई निर्वाचन क्षेत्रको अनुसन्धान भइरहेको छ। अनुसन्धानपश्चात् यसको कारबाही थालिनेछ।’ 

दोलखा र स्याङ्जा क्षेत्र न २ मा गठबन्धन पक्षले बुथ कब्जा गरी मत खासलेको भन्दै प्रतिस्पधी उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.