पाल्पा : पाल्पा क्षेत्र नम्बर १ मा मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य भारी मतका साथ अग्रस्थानमा रहेका छन्।
उनी १० हजार २०० मतान्तरले अगाडि छन्। उनको जित पक्का हुने देखिएको छ। यस क्षेत्रमा ३७ वटा वडा छन्। जसमध्ये २ वटा वडाको मात्रै मत परिणाम आउन बाँकी छ।
पछिल्लो मत परिणामअनुसार आचार्यले २९ हजार ४ सय १७ मत प्राप्त गरेका छन्। गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहाले १९ हजार २ सय १७ मत पाएका छन्।
स्वतन्त्रका विपिन कँडेलले २ हजार ७६३ मत पाएका छन्। शुक्रबार दिउँसोसम्म मत गणना कार्य सकिने निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन कार्यालयले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।