काठमाडौं : सिरहा क्षेत्र नं.२ जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव निर्वाचित भएका छन्। नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई पराजित राजकिशोर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे। यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाइन्। उनीहरूबीच एक हजार १५० मतान्तर छ।
जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार ९०२ मत प्राप्त गरे। सिरहा २ मा २४ उम्मेदवार प्रतिस्पर्धामा थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।