प्रदेशमा कसको बन्ला सरकार?

|

सुर्खेत : प्रतिनिधिसभामा १२ सिट रहेको कर्णालीमा नेकपा एमाले शून्य भएको छ। प्रदेससभामा प्रत्यक्षतर्फ जितेको नेकपा एमाले प्रतिनिधिसभामा शून्य भएको हो।

 जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्मा, सुर्खेत क्षेत्र नम्वर १ मा  कांग्रेसका पूर्णबहादुर खड्का, क्षेत्र नम्वर २ मा हृदयराम थानी, दैलेख क्षेत्र नम्वर १ मा नेकपा ( एकीकृत समाजवादी ) का अम्वरबहादुर थापा , क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही विजयी भए।

 त्यस्तै, सल्यानमा नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला, डोल्पामा समाजवादीकै धनबहादुर बुढा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही, कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही, मुगुमा कांग्रेसका ऐनबहादुर शाही ठकुरी र हुम्लामा नेकपा (माओवादी केन्द्र) का छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन्।

 कर्णालीका १० जिल्लामा रहेका १२ सिटमा एमाले शून्य हुँदा प्रदेशसभा अहिलेसम्म डोल्पा प्रदेशसभा (क) मा नेकपा एमालेका शेरबहादुर बुढा, सुर्खेत क्षेत्र नम्वर २ को (क) मा नेकपा एमालेका यमलाल कँडेल विजयी भए। मुगु क्षेत्र नम्बर १ को (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन्। दैलेख क्षेत्र नम्वर क्षेत्र नम्वर २ (ख) विनोदकुमार शाहले जिते। जुम्ला प्रदेशसभा (ख) मा नेकपा एमालेका टेकराज पछाइ विजयी भएका छन्। प्रदेशसभातर्फ एमालेको अहिलेसम्म पाँच सिट आएको छ।

कर्णालीमा को बन्छ मुख्यमन्त्री?

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएका छन्। चुनावमा होमिएका मुख्यमन्त्रीको आकांक्षी ८ जना नेताहरू मध्ये ६ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका भएपछि मुख्यमन्त्री चर्चा सुरु भएको छ।

भावी मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसबाट ३, नेकपा एमालेबाट २ र नेकपा (माओवादी केन्द्र) बाट दुई जनाको नाम निकै चर्चामा रहेको थियो। जसमध्ये एमालेबाट मुख्यमन्त्रीको चर्चामा रहेका प्रदेश सह–इञ्चार्ज गुलाबजंग शाह र नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन्।

सभापति शाहीले मुख्यमन्त्री बन्ने उद्देश्यसहित निर्वाचनमा भाग लिएका थिए। यद्यपि, उनको निर्वाचन क्षेत्र जुम्ला (क) मा उनीविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका देवेन्द्रबहादुर शाहीले चुनाव जितेपछि शाही पराजित भए।

मुख्यमन्त्रीका आकांक्षीमध्ये पराजित हुनेमा एमाले सह–इञ्चार्ज गुलाबजंग शाह पनि हुन्। उनी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश अधिकारीसँग पराजित भएका हुन्। ०७४ मा सल्यान (क) बाट निर्वाचित भएर प्रदेश सभामा एमाले सचेतक भइसकेका शाह योपटक यामलाल कँडेलको विकल्पमा आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा उभ्याउँदै आएका थिए। पराजित हुने डरले निर्वाचन क्षेत्र बदलेर (ख) मा चुनाव लडेका उनी पराजित भए। निर्वाचित हुनेमा माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट, कांग्रेसबाट राजीवविक्रम शाह, जीवनबहादुर शाही र एमालेबाट यामलाल कँडेल छन्।

माओवादीबाट मुख्यमन्त्रीका अर्को दाबेदार हुन्, विन्दमान विष्ट। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेशसभा (ख) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित भएका उनी यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका व्यक्ति हुन्। त्यो भएकाले अब उनी मुख्यमन्त्री बन्ने उद्देश्यसहित आन्तरिक तयारी गरिरहेका छन्। उनले एमालेका ताराकेश्वर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरे।

खसेको ३१ हजार ६८२ मतमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ भने गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ।  विष्टको क्षेत्रमा दुई दलीय गठबन्धन थियो। यहाँ समाजवादीले उम्मेदवारी दिएका थिए। बडुवालले ७ हजार पनि मत कटाउन सकेनन्।

०५८ सालमा भएको सुर्खेतको जेलब्रेकको घटना निकै चर्चित र रोचक थियो। उनी त्यही घटनाका एक कमाण्डर हुन् भने माओवादीभित्र युवा र ‘भिजनेवल’ छवी भएका नेता हुन्। ०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भूमिगत भएका थिए। ०५६ देखि उनले ०५८ माघ १ सम्म अर्थात् १८ महिना जेल जीवन बिताएका छन्।

क्रान्तिकारीको महासचिव हुँदै केन्द्रीय  सदस्यसमेत भएका उनी ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भए। माओवादीबाट शर्मा र विष्ट मुख्यमन्त्रीको आकांक्षी हुँदा कांग्रेसबाट राजिबबीक्रम शाह र वहालवाला मुख्यमन्त्री पुनः मुख्यमन्त्रीकै दाबेदार हुन्।

शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँगै पराजित भएका थिए। कांग्रेसबाट अहिलेका वहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पनि पुनः मुख्यमन्त्रीका दाबेदार हुन्। हुम्ला (ख) बाट ४ हजार ७७  मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका शाही आफूले अघि सारेको ‘छ’ ब को नीतिलाई कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका थिए।

एमालेबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् यामलाल कँडेल। संघीय पर्यटन मन्त्री भइसकेका व्यक्ति हुन्। ०७४ मै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश झरेका कँडेल त्यतिबेला बाम गठबन्धनको भागवण्डा अनुसार माओवादीको भागमा परेपछि व्याक भएका थिए। बाम गठबन्धनबाट माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.