|

सुर्खेत : गत आइतबार जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरकी लक्ष्मी खत्रीको अत्यधिक रक्तस्राव भयो।

गर्भवती लक्ष्मीलाई घरबाट झण्डै ३ घण्टा टाढा रहेको हल्चौरबाट पालिकाको अस्पताल रुकुम पश्चिम ल्याइयो। त्यहाँ पनि उपचार सम्भव भएपछि १४ हजार रुपैयाँ जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु भयो। 

उपचारलगत्तै छोरीको जन्म दिएको लक्ष्मीलाई ‘बी’ पोजेटिभ रगते आवश्यक परेको भन्दै अस्पतालले श्रीमान विष्णु खत्रीलाई अह्राए । जिल्लामा ब्लड बैंक नभएका कारण विष्णुले तत्काल सहयोगको याचना गरे।तर रगत पाइएन। यसपछि जिल्ला प्रहरी कार्यालय्, सशस्त्र प्रहरी कार्यालय हुँदै नेपाली सेनासम्म खबर पुग्यो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष निरौलाले तत्काल जवान महेन्द्र थापालाई अस्पताल पठाएर रगत दिन लगाएपछि लक्ष्मीलाई रगत दिइयो।

त्यस्तै डोल्पामा अस्पतालमा शनिबार रुकुम पश्चिम आठबीसकोट नगरपालिका –४ की कमला बिकको पाठेघर भन्दा बाहिर नलीमा बच्चा बसेका कारण समस्या आएपछि डोल्पा अस्पता पुगेकी थिइन । उक्त जटिल खालको एक्सप्लोरेट्री ल्यापारोटामी अप्रेशन जिल्ला अस्पतालमै भयो। ​अप्रेसनका लागि रगत आवश्यक पर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानकै रगतको सहाराबाट कमलाको ज्यान बच्यो। 

जाजरकोट अस्पताल र डोल्पाको जिल्ला अस्पतालमा मासिक ७ भन्दा बढी रगत दिनुपर्ने बिरामी आउँदा सेना, प्रहरी र स्वास्थ्यकर्मी अघि सर्ने गरेको डोल्पा अस्पतालमा डाक्टर अखण्ड उपाध्यायले बताए। यातायातको सहज पहुँच नभएको डोल्पामा समस्य हुने गरेको छ। जाजरकोट सदरमुकाममा समेत दैनिक रगतको समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले जानकारी दिए।

 यो वर्ष मात्र जाजरकोटमा १४ जनाको रगतकै समस्य हल भएको छ । छिमेकी जिल्ला रुकुम पश्चिममा समेत यही समस्य रहेको छ । कर्णालीका पहाडी जिल्लामा रगतको समस्या पर्नासाथ प्रहरी, सेना र स्वास्थ्यकर्मी गहार्ननुपर्ने अवस्था रहेको स्वास्थ्य सेवा कार्यालयले बताएका छन् । 

डोल्पा अस्पतालका डाक्टर अखण्ड उपाध्यायका अनुसार अघिल्लो  आर्थिक वर्ष र यो आर्थिक वर्षमा मात्र डोल्पा अस्पतालमा कम्तीमा १० जनालाई रगत दिइएको छ। सबैभन्दा बढी हेलिकप्टरबाट उद्धार गरी सुर्खेत प्रदेश अस्पताल ल्याइने गरेको छ।

घरमै असुरक्षित रूपमासुत्केरी हुने र समस्या परेपछि मात्र अस्पताल आउने अधिकांश सुत्केरी, दुर्घटनामा परेका घाइतेको ज्यान रगत अभावकै कारण जाने गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.