|

रौतहट : गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रौतहटका १६८ जना उम्मेदवारको जमानत जफत भएको छ।

रौतहटको प्रतिनिधिसभाको ४ निर्वाचन क्षेत्रमा ६७ जना व्यक्तिले उम्मेदवारी दिएका थिए। तीमध्ये ५८ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। प्रदेशसभा तर्फ १३५ जनामध्ये ११० जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताए।


प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र १ मा १७ जना उम्मेदवारमध्ये १५, निर्वाचन क्षेत्र नम्बर २ मा १३ जनामध्ये ११, निर्वाचन क्षेत्र ३ मा १९ जनामध्ये १६ र निर्वाचन क्षेत्र नम्बर ४ मा १८ जनामध्ये १६ जना गरी ५८ जनाको जमानत जफत भएको उनले बताए।

प्रदेश र प्रतिनिधिसभा गरी १६८ जना उम्मेदवारको धरौटी रकम जफत भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.