|

इलाम : किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९ औँ जन्मोत्सवको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) मंसिर १८ गते  माङसेबुङ आउने भएका छन्।

धर्मगुरु लिङ्देनको जन्मोत्सव कार्यक्रम उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन उपराष्ट्रपति पुन माङसेबुङ गाउँपालिका–५ लारुम्बा आउन लागेका हुन्। 

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा हुने जन्मोत्सवमा विभिन्न कार्यक्रमको तय गरिएको छ। ​मंसिर १६ गते साक्मुरा वादेम्मा, १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा लाधुङसेमी सेवा कार्यक्रम गर्ने बताइएको छ।

यस्तै १७ गते नै आत्मानन्द रनिङ गोल्डकपको फाइनल सञ्चालन हुनेछ। १८ गते आत्मानन्द लिङ्देनको ६९ औं शुभजन्मोत्सव समारोह–२०७९ उद्घाटन, खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा र विविध साँस्कृतिक कार्यक्रम गरिएको छ ।

त्यस्तै मंसिर १९ गते आत्मानन्द लिङदेनबाट आशी चन, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम, मिक्तोक (उपहार) अर्पण र संस्थागत धन्यवादपत्र वितरण, पुस्तक\पुस्तिका विमोचन कार्यक्रम तय भएको छ। २० गते माङगेन्ना चामल वितरणसँगै विदाइ गर्ने कार्यक्रम छ।

गुरुको जन्मोत्सवमा स्थानीय विदा

माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरू आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा दिँदै आएको सार्वजनिक विदालाई निरन्तरता दिएको छ। गाउँपालिकाका अध्यक्ष हेमन्त राईले सूचना जारी गरी धर्मगुरु लिङदेनको जन्मोत्सवमा १८ मंसिरमा पालिकास्तरमा सार्वजनिक बिदा दिने जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.