|

दोलखा : दोलखामा प्रतिनिधिसभातर्फ २१ हजार ५ सय ४१ मतगणना भएको छ। पछिल्लो मत परिणामअनुसार दोलखामा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता छ। कार्की १ हजार ९ सय मतले अगाडि छन्।

कार्कीले  १० हजार ६० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ८ हजार ९ सय ६५ मत प्राप्त गरेका छन्। हालसम्म गणना भएको मतमध्ये ८ सय २८ मत बदर भएको छ।

प्रदेशसभा क मा हालसम्म गौरीशंकर, मेलुङ्ग  गाउँपालिका र जिरी नगरपालिकाको वडा नम्बर ८ र ९ को १७ हजार ९ सय ६८ मतगणना हुँदा नेपाली कांग्रेसका कुन्दन राज काफ्ले ८ हजार ४ सय ७२ मत प्राप्त गरेका छन्।

एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले ६ हजार ३ सय ७२ मत प्राप्त गरेका छन् । श्रेष्ठ काफ्ले भन्दा १ हजार १ सय मतले पछाडि छन्। यस क्षेत्रमा ५ सय ४८ मत बदर भएको छ।

प्रदेश सभा ख मा पनि कांग्रेसकै उम्मेदवार अगाडि छन्। प्रदेशसभा ख मा  शैलुङ्ग, कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिकाको वडा नम्बर ७ र ८ को २२ हजार ४ सय १० मतगणना हुँदा कांग्रेसका बर्मा लामाले १० हजार ४ सय ७२ मत प्राप्त गरेका छन् भने एमालेका भरत बहादुर केसीले ९ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।

लामा ६ सय ६९ मतले अगाडि छन्। यस क्षेत्रमा ७ सय ७७ मत बदर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.