|

काठमाडौं : स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ। जारी मतगणनामा पछिल्लो मत परिणामअनुसार गणना हुन बाँकी मतभन्दा अग्रताको मत बढी देखिएकोले जित निश्चित भएको हो।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार गुरुङले २९ हजार ५६६ मत ल्याउँदा एमाले उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत प्राप्त गरेकी छिन्। गुरुङ र अर्यालबीचको मतान्तर ५९७४ छ। यहाँ अब मतगणना हुन ४८७१ मत मात्र बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.