|

काठमाडौं  : मंगलबार पहाडी  भू–भागमा मौसम आंशिक बदली रहेको छ।  बाँकी स्थानमा मौसम मौसम सामान्यतया सफा रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

तराई-मधेशका जिल्लामा भने बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। तर घाम लागेपछि यो हट्दै जानेछ। केही समययता चिसो बढेकाले यसबाट बच्न विशेषगरी बिहान र बेलुकी विशेष ध्यान दिन मौसमविदले सुझाव दिएका छन्। 

दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् नगरकोटीले बताइन्। 

बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.