|

काठमाडौं : यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा ‘इम्बोस्ड नम्बर’ जडान गर्न सरकारी सवारीसाधनलाई निर्देशन दिएको छ । 

चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारीसाधन सडकमा देखिए सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार  दुई हजार जरिवाना गर्ने विभागले जनाएको छ ।

सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा टोकराज पाण्डेले बताए। ‘सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने माध्यमका रूपमा इम्बोस्ड नम्बर प्लेट जडानलाई लिएका छौँ’, उनले भने,  ‘फागुन मसान्तसम्म सबै सरकारी गाडीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने छ, सेतो प्लेटले पनि कर नतिरी गाडी चलाउन पाउँदैनन्।” 

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रूपमा कर तिरिसकेको हुनुपर्ने विभागले जनाएको छ । इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने महानिर्देशक पाण्डेले बताए।

उनका अनुसार सरकारी गाडीले फागुन मसान्तसम्म इम्बोस्ड जडान नगरेको पाएदुई हजार जरिवानासहित इम्बोस्ड नम्बर जडान गर्न लगाइनेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.