|
फाइल फोटो

काठमाडौं : उपत्यकामा आज बिहानैदेखि हुस्सु र कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्। बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित भएका छन्। 

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण भए पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए। ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ’, उनले भने।

महाप्रबन्धक ठाकुरले मौसममा सुधार आएपछि नियमित उडान हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.