|

काठमाडौं : नेपाल भ्रमणमा आएका भारतीय अभिनेता विवेक ओबरोय फर्किएका छन्। मंसिर २८ गते नेपाल आएका उनी १० दिन यहाँ बिताएर भारत फर्किएका हुन्।

नेपालमा ओबरोयले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गरेका थिए। ​उनले पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काईक्रिमर पनि गरे।

उनले पोखराको अन्नपूर्ण केबलकारको भ्रमण गरे। ​उनले नेपाली खाना साह्रै मिठो लागेको बताएका छन्। फेरि पनि नेपाल घुम्न आउने वाचासमेत ओबरोयले भारत फर्कनुअघि गरे।

व्यवसायी पूनम यादवले आफ्नै खर्च र पहलमा परिवारसहित ओबरोयलाई नेपाल ल्याएकी थिइन्। ओबरोयको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरेकी छन्। आगामी दिनमा नेपाली पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि आफूले अझै प्रयास गर्ने पनि व्यवसायी यादवले बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.