|

सुर्खेत : कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य  विनोदकुमार शाहले ज्येष्ठता आधारमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेशसभा सचिवालयका अनुसार शाह ६६ वर्षका भए। प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले अब अन्य सदस्यहरूलाई शपथ खुवाउने छन्।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा सदस्यहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.