|

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। 

प्रधानमनत्री सरिफले सोमबार ट्वीटरमार्फत बधाई दिँदै प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न आफू तयार रहेको उल्लेख गरेका छन्। 

उनले क्षेत्रीय साझेदारको हैसियतमा पाकिस्तान र नेपालबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहयोगलाई अझ सुदृढ पार्न तत्पर रहेको बताएका छन्।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतबाट प्रधानमन्त्री तहबाटै बधाई आएको छ भने अमेरिका र चीनबाट राजदूत तहबाट बधाई आएको छ। 

 

Heartiest felicitations to Rt Hon’ble Pushpa Kamal Dahal Prachanda on becoming Prime Minister of Nepal. As regional partners, Pakistan & Nepal enjoy cordial relations. I look forward to working with him to further strengthen our bilateral ties & regional cooperation. @cmprachanda

— Shehbaz Sharif (@CMShehbaz) December 26, 2022

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.