|
photo : www.youtube.com

काठमाडौं : युवतीको विषयमा विवाद भई भएको ग्याङफाइटमा एक युवकले ज्यान गुमाएका छन्। क्षेत्रपाटीका १८ वर्षिय युवक सुशान्त श्रेष्ठको आइतबार उपचारको क्रममा काठमाडौं अस्पतालमा मृत्यु भएको हो।

सुशान्तलाई गत साउन ८ गते क्षेत्रपाटीमा सौरभ श्रेष्ठको ग्याङले कुटपिट गरी घाइते बनाएका थिए। प्रेमिकाको विषयमा सुशान्त र सौरभबीच झगडा भएको थियो। सौरभसँगको सम्बन्ध टुटेपछि सौरभकी प्रेमिका सुशान्तसँगको सम्पर्कमा पुगेकी थिइन्।

सुशान्तसँग पनि प्रेमसम्बन्ध बनाएकी त्यही युवतीको विषयमा उनीहरुबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि उनीहरु एकआपसमा कुटपिटमै उत्रिएका थिए। कुटपिटमा सुशान्तको टाउकोमा गम्भीर चोट लागेपछि अस्पताल भर्ना गरिएको थियो।

अस्पतालमा उपचारककै क्रममा उनको मृत्यु भएको छ। सुशान्तलाई आक्रमण गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी बृत्त, सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरीले सौरभ श्रेष्ठ, सहास थापा, क्रिस्टल भण्डारी, सोहिल खान, किस्मत हमाल, शरद अर्याल, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर र रोहित बोहरालाई पक्राउ गरेको हो। अन्य आठ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.