|

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आर्सनलले शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो पार्दै लगेको छ। 

सोमबार भएको खेलमा वेस्टह्यामलाई पराजित गर्दै आर्सनलले शीर्ष स्थानमा दोस्रो स्थानको न्युक्यासल भन्दा ७ अङ्कको अग्रता बनाएको हो। सोमबार राति भएको खेलमा आर्सनलले वेस्टह्यामलाई ३–१ ले पराजित गर्दै विश्वकप पछि पनि आफ्नो रवाफ कायम राखेको छ। ​

वेस्टह्यामविरुद्ध उत्कृष्ट लयमा देखिएको आर्सनल खेलमा अग्रता भने वेस्टह्यामले लिएको थियो। वेस्टह्यामका लागि बेनरमाले पेनाल्टीमार्फत सुरुवाती अग्रता दिलाएका थिए।

 पहिलो हाफमा १-० को अग्रता बनाएपनि दोस्रो हाफमा आर्सनल खेलमा फर्किएको थियो। उसका लागि बुकायो साकाले ५३ औ मिनेटमा पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। 

त्यसपछि मार्टिनेलीले ५८ औ मनेटमा अग्रता दोब्बर बनाउँदा नेकितियाले ६९ औ मिनेटमा अग्रता ३-१ मा पुर्‍याउँदै सहज जित दिलाएका थिए। जितपछि आर्सनलको १५ खेलबाट ४० अङ्क भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.