उत्तर कोरियाले जापानी समुद्री क्षेत्रमा तीन वटा शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।
राजधानी प्योङयाङबाट यी ब्यालेस्टिक मिसाइल प्रहार भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन्।
जापानले दुई शंकास्पद मिसाइल कोरियाको पेनिनसुलास्थित पूर्वी तटीय क्षेत्रमा खसेको बताएको छ।
अमेरिकी समाचार संस्था सीएनएनले उत्तर कोरियाले छोटो दूरीका शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उल्लेख गरेको छ।
उत्तर कोरियाले यो वर्षमात्रै ३७ वटा ब्यालेस्टिक मिसाइल जापानी सामुद्रिक क्षेत्रमा प्रक्षेपण गरेको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।