|

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु भएको छ। गत मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन भएपछि सोमबार पहिलो अधिवेशन सुरु भएको हो। 

प्रतिनिधिसभा बैठकको सुरुमै ज्येष्ठ सदस्य (सभामुख) पशुपति शमशेर जबराले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए। त्यसपछि,  सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त् प्रधानमन्त्री पदमा नियुक्त तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाए, नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम काम कारबाही गर्ने प्रश्ताव स्वीकृतिका लागि प्रस्तुत गरिएको छ।

सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न​ सदस्यहरुको मनोनयन गर्ने, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सदस्यहरुले आफ्नो आफ्नो मन्तव्य राख्ने, प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।

त्यस्तै, राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त व्यहोरा जानकारी गराएका छन्।  प्रधानमन्त्री पदमा नियुक्त र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.