|
फाइल तस्विर

काठमाडौं : सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ। आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रूपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको हो। 

संघका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रूपैयाँ भाडा घटेको छ। काठमाडौँ-धनगढी उडानको नयाँ भाडा ७ हजार ५१० रूपैयाँ कायम भएको छ। काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा  १६ हजार १४० कायम भएको छ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट) मा भाडा ६८५ रूपैयाँले घटेर अधिकतम १४ हजार २०५ कायम भएको छ। काठमाडौँ–सिमरामा १८० रूपैयाँ भाडा घटेको छ। काठमाडौँ–भद्रपुरमा ६०० रूपैयाँ, काठमाडौँ–विराटनगरमा  ४८५ रूपैयाँ, काठमाडौँ–जनकपुरमा २६० रूपैयाँ, काठमाडौँ–भरतपुरमा २१५ रूपैयाँ र काठमाडौँ–पोखरामा ३२० रूपैयाँ भाडा घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.