|

काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गरेका छन्। एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गिरीले ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुधबार दाबी पेश गरेका हुन्।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ।  गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ। सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न ४ बजेसम्मको समय दिएका थिए।

एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा मंगलबार नै सरकारमा दाबी गर्ने तयारी भए पनि माओवादी केन्द्र असन्तुष्ट भएपछि रोकिएको थियो। यसपछि गिरी र  माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महराले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।

लुम्बिनी प्रदेशमा गठबन्धनबाट एमालेको २९, माओवादी केन्द्रको १०, राप्रपाका ४, जसपा र जनमतको ३–३ सिट छ। यस्तै नागरिक उन्मुक्तिसँग चार र स्वतन्त्र दुई सांसद छन्।

यस्तै कांग्रेसका २७, लोसपाका तीन र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.