|

काठमाडौं :  जनता दल युनाइटेड (जेडीयू) का पूर्वअध्यक्ष तथा भारत सरकारका पूर्वमन्त्री शरद यादवको निधन भएको छ। 

७५ वर्षीय यादवको यादवको बिहीबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  दिल्लीको छतरपुरस्थित निवासमा ढलेपछि उनलाई अस्पताल लगिएको थियो।

मध्य प्रदेशको जबलपुरबाट २ पटक, उत्तर प्रदेशको बदायुँबाट एक पटक र बिहारको मधेपुरा क्षेत्रबाट ४ पटक लोकसभा सदस्य निर्वाचित भएका यादव  राज्यसभा सदस्यसमेत बने। 

यादवको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीलगायतका शीर्ष नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन्।  शरद यादव नेपाली राजनीतिसँग पनि परिचिति थिए।  यादवका श्रीमती, एक छोरा र एक छोरी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.