|

काठमाडौं : बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या १६० पुगेको छ। गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण पछिल्लो समय कोहलपुरसम्म पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। एकै दिनमा थप २६ जना दादुरा संक्रमित  बालबालिका भेटिएका छन्।  

हाल भेटिएका संक्रमितमध्ये नेपालगञ्जका १५६ जना, खजुराका ३ र कोहलपुरमा १ जना बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

हालसम्म संक्रमित भएकामध्ये  ११० जना संक्रमणमुक्त भइसकेका र  ५० जना संक्रमित बालबालिका होम आइसोलेसनमा रहेको र एकजना बालकको मृत्यु भएको स्वास्थ्य कार्यालले जनाएको छ। 

साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारी लक्षित खोप कार्यक्रमलाई तीव्र रूपमा लगिएको समेत जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म १२८४५ जनाले दादुरा-रुबेला विरुद्धको खोप लगाएका छन्। 

 हाल नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाई ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई तीव्र रूपमा खोप लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.