|

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको घटनामा संलग्नसहित अपराधीलाई आरक्षण दिनेलाई समेत कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

विगत १५ दिनेदेखि माइतीघरमा कुर्मीको न्यायका लागि आन्दोलनरत व्यक्तिहरूलाई भेट्न पुगेका लामिछानेले कुर्मीमाथि भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको बताए।

नेपाली जनताले आफूमाथि विश्वास गरेर जिताएर पठाएको हुनाले आफ्नो स्वादअनुसार काम नगर्ने बताउँदै लामिछानेले जनताको अपेक्षालाई मर्न नदिने बताए।

'तपाईंहरू घर जानुहोस्। हामीले कुर्मीमाथि भएको घटनालाई गहन रूपले हेरिरहेका छौँ। पीडितले न्याय पाउनुहुन्छ। अपराधीलाई कारबाही गरिन्छ', उनले भने।

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले पुस १४ गतेदेखि माइतीघर मण्डलामा तेस्रो चरणको आन्दोलन जारी राखेको छ। 

बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेको हो।

गतवर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि वार्तामार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना वृद्धलाई तारेखमा राखेको छ।

 तर मुद्दामा मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई भने प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण दिइरहेको मञ्चले आरोप लगाउँदै आएको छ। बादसाह कुर्मी हालै सम्पन्न निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेस सांसद निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.