|

काठमाडौं : अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको ज्यान गएको छ।

 मध्य क्यालिफोर्नियाको गोशेनमा दुई जनाले जथाभाबी गोली चलाउँदा ६ जनाको ज्यान गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले ज नाएको छ। 

बच्चाकी १७ वर्षकी आमाको पनि ज्यान गएको छ। आक्रमणकारीको खोजी भइरहेको र उनीहरु लागुऔषध गिरोह हुन सक्ने प्रहरीले जनाएको छ।

एक हप्ताअघि पीडितको घरमा लागुऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.