|

पाल्पा : मंगलबार पाल्पामा एकजना मृत फेला परेका छन्।​

रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित पटुवाचौरका ६० वर्षीय बेदबहादुर बलाल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। 

उनी घर नजिकै रहेको नेप्टा भीरमा  मृत फेला परेका हुन्।  भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.