|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका (टाइसिट ड्र) आज  सार्वजनिक हुँदैछ।

अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिगको खेल तालिका आज सार्वजनिक गर्न लागेको हो।  एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने टाइसिट ड्र कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ।

यस अघि माघ २ गते खेल तालिका सार्वजनिक गर्ने तय थियो। तर, पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले सोमबार शोक दिा दिएको कारण एन्फाले खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित गरेको थियो।

ए डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ। लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ। यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो हुनेले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।​

फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख बनाइएको छ। मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन्।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ।  हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.