|

सुर्खेत : कर्णाली प्रदेश सरकार ढल्न लागेमा कांग्रेसले ढल्न नदिने कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताएका छन्।

प्रदेशसभाको आजको बैठकमा बोल्दै मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्दै गर्दा त्यसको जवाफमा शाहीले अहिले सहयोग गर्न नसकिने तर सरकार ढल्न लागेमा सहयोग गरेर उठाउने प्रतिबद्धता व्यक्त गरे।

'अहिले सरकारलाई बहुमत ठिक्क छ, योभन्दा बढी दिएमा फेरि गिलासबाट पानी पोखिएझैँ होला त्यसैले हामी पानि पोख्न चाहदैनौँ, अहिले तपाईहरूसँग नै गिलास भर्ने पानी ठिक छ' शाहीले भने।

'यदि मुख्यमन्त्रीज्यू अल्पमतमा पर्नुभयो भने त्यतिबेला हामी बहुमत बनाउनका लागि ढाल बनेर सहयोग गर्नेछौँ' शाहीले थपे।

आज कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री शर्माले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै कर्णालीको विकासका बारेमा आफ्ना योजना सुनाएका थिए। ती योजनाहरु सुन्दा आफु ‘कन्फुयुज’ भएको नेता शाहीले बताए।

‘म कन्फ्युज भैरहेको छु। मुख्यमन्त्रीले विश्वासको मत माग्दै हुनुहुन्छ वा कुनै नीति कार्यक्रम योजना पढिराख्नु भएको छ।’ शाहीले भने, हप्ता दिनदेखि दुई जना मन्त्री विना विभागीय राख्नुभएको छ। मन्त्री नियुक्त गर्ने विषयमा केन्द्रको मुख ताक्ने नेताले कसरी आफ्ना योजनाहरु पूरा गर्लान?'

आफूलाई विश्वासको मत दिन चाहना भए पनि संसदको बसाइ व्यवस्थापनका कारणले पनि विश्वासको मतको विपक्षमा मतदान गर्न बाध्य पारिएको शाहीले बताए। ‘मलाई विश्वासको मत दिन मन छ । तर, म बस्ने सीट अगाडी विपक्षी दल लेखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.