|

काठमाडौं : बाँकेमा फैलिएको दादुरा प्रकोप बढिरहेको अवस्थामा सुर्खेतमा समेत दादुराका बिरामी भेटिएका छन्। 

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार हाल जिल्लाको गुर्भाकोटका नगरपालिका-७ की ११ वर्षीया बालिका, चिङ्गाड गाउँपालिकाका ३५ वर्षीय एकजना पुरुष र वीरेन्द्रनगर नगरपालिका-५ का १ वर्षीय बालकमा दादुरा संक्रमण देखिएको बताए।

डा खड्का अनुसार एकजना संक्रमित केही दिनअगाडि हाल संक्रमण फैलिरहेको बाँकेबाट आएको भए पनि अन्य २ संक्रमितमा भने ट्राभल हिस्ट्री नभएको बताए।

'सुर्खेतमा पनि दादुराका बिरामी देखिएका छन्, हालसम्म संक्रमितले खोप नलगाएको पाइएको छ, संक्रमण देखिएपछि शंकास्पद बिरामी खोजी गरी परीक्षणको दायरा बढाएका छौं‚' उनले भने।

डा खड्काले दादुरा देखिएका व्यक्तिको सम्पर्कमा रहेका २५ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.