|

पोखरा : गण्डकीमा सरकारले मन्त्रालयको संख्या कटौती गरेर सातवटा झार्ने भएको छ। 

मुख्यमन्त्री खगराज अधिकारीसहित बिनाविभागीय मन्त्री माओवादीका हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पञ्चराम गुरुङ र सरकारका प्रवक्ता सीताकुमारी सुन्दाससहितको आइतबार साँझ बसेको बैठकले मन्त्रालयको संख्या सातमा झार्ने सहमति गरेको हो।

यसअघि गण्डकीमा पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रालयको संख्या १२ पुर्‍याएका थिए। वर्तमान सरकारले भने गण्डकीमा सरकार स्थापनाताकाका सात मन्त्रालय मात्रै बनाउने भएको हो। “एकदमै न्यूनतम, सातवटामा नै टुंग्याउने कुरा भयो। अरू दल पनि सहमत नै हुनुहुन्छ,” प्रवक्ता सुन्दासले भनिन्।

मन्त्रालयको संख्या घटिसकेपछि मन्त्रिपरिषद् विस्तारले पनि तीव्रता पाउने उनको भनाइ छ। उनका अनुसार सोमबासम्म मन्त्रिपरिष्द विस्तार हुनेछ। 

गण्डकीमा गत पुस २५ गते नै चार सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ। मुख्यमन्त्री खगराज अधिकारीसँगै चुमान, गुरुङ र सुन्दास मन्त्री बनिसकेका छन्। 

मन्त्रालयको संख्या सात बनाउने भएपछि अब तीनवटा मन्त्री मात्र थपिनेछन्। गठबन्धनका दलमध्ये एमालेका २२, माओवादीका सात (सभामुख बाहेक) र राप्रपाका दुई सांसद छन्।

तीमध्ये एमालेबाट दुईजना र माओवादी तथा राप्रपाबाट एकरएकजना मन्त्री बनेका छन्। अब मन्त्रिपरिषद् विस्तार हुँदा एमाले र माओवादीबाट नै मन्त्रीहरू थपिनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.