|

काठमाडौं : राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सोमबार सुरु हुँदैछ। ‘राप्रपा नेपाललाई फेरि उठाउछौँ’ भन्ने संकल्पका साथ बैठक बिहान ११ बजे बस्न लागेको हो।

दुई दिन बस्ने बैठक निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक कार्यपत्र , सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ ,संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डा.विष्ष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता वसन्तमानसिंह अधिकारीले बताए। 

प्रतिवेदनमाथि केन्द्रीय सदस्यले टिप्पणीसहित धारणा राख्नेछन्। समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयमा पनि छलफल हुने भद्राले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.